Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाराबाट ६० किलो गाँजा बरामद 


    बिहिबार, असोज १३ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  बाराको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । 

    नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

    अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भागेका ति व्यक्तिहरु फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।  

    प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार