Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु 


    आइतबार, असोज ९ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काभ्रे र कैलालीमा डुबेर दुई जनाको ज्यान गएको छ। 

    काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ ज्यान गएको छ।  

    काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । 

    कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।   
        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार