Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकन्थलीमा गाडीमुनि खेल्न पुगेका १७ महिने बालकको किचेर मृत्यु


    शुक्रबार, असोज ७ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् ।

    पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

    गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उक्त घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका-३ घर भई हाल काठमाडाैं मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार