Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीमफेदी बस दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो 


    बिहिबार, असोज ६ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  

    भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको  उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। 

    काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट कम्तिमा १ सयमिटर तल खसेको प्रहरीको भनाई छ। 

    दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएकाे छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार