Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा बसको ठक्करबाट वृद्ध पैदलयात्रीको मृत्यु 


    बिहिबार, असोज ६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा बसले ठक्कर दिँदा भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए। 

    बिहीबार सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोकमा दुर्घटना भएको पाण्डेले बताए । सल्लाघारीबाट जगाती जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बोक्ने बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। 

    गम्भीर घाइते भएकी दिलमायालाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं बालाजु बस्ने २९ वर्षीय बिनोद कार्कीलाई बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार