Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- राष्ट्रपतिले चालेको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ 


    बुधबार, असोज ५ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै  राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् ।

    प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको र संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

    ‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँ (राष्ट्रपति) ले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार