Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धोविघाटस्थित कबाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते


    बुधबार, असोज ५ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा आगलागी हुँदा उक्त आगलागीमा परि  ३ जना घाइते भएका छन् । घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको महानगरीय प्रहरी प्रभागका सानेपाले जनाएको छ। 

    घाइतेमध्ये ६५ वर्षिय शिवनारायण पोदार गम्भीर छन् भने भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ। 

    यस्तै चितवनका ३० वर्षिय गणेश गुरूङ र ४५ वर्षिय भारतीय नागरिक राम आश्रित साहलाई पनि थप उपचारका लागि कीर्तिपुर पठाइएको छ। 

    कमला खत्रीको जग्गामा भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन् । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

    thumb (1).jpg
    undefined
    thumb (2).jpg
    undefined
    thumb.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार