काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा चार सय रुपैयाँले घटेको छ । साथै आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।