Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापामा १९ वर्षीया महिला बलात्कृत 


    आइतबार, असोज २ २०७९
    565
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापामा १९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले बताएको छ। 

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार