Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी


    आइतबार, असोज २ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग गुहार अर्थात् समन्वय गर्ने भएको छ ।

    एक जना १७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै लामिछानेमाथि २१ भदौमा काठमाडौं प्रहरीमा बलात्कारको उजुरी परेको थियो ।

    तर, लामिछाने अझै नेपाल फर्किएका छैनन् । काठमाडौं प्रहरीले उनी नेपाल नफर्किएपछि इन्टरपोलसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको जनाएको छ । 

    हाललाई प्रहरीले इन्टरपोलमार्फत लामिछानेविरुद्ध डिफ्युजन नोटिस मात्रै जारी गर्न लागेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार