काठमाण्डाै। आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्ग्लादेशले भुटानलाई ८-० गाेलकाे फराकिलाे अन्तरले हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ ।
काठमाडौँको दशरथ रङ्गशालामा शुक्रवार भएकाे पहिलाे खेलमा बङ्ग्लादेशलकाे जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र ताेहुरा खातुनले एक/एक गाेल गरे । खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता कायम गरेको थियो।
याेसँगै बङ्ग्लादेश दाेस्राे पटक साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेकाे बङ्ग्लादेश भारतसँग तीन–एक गाेलले पराजित भएकाे थियाे ।
नेपाल र भारतबीच आज साँझ साढे पाँच बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ।