काठमाडौँ । अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका, ३ आदर्शनगर पानीट्याङ्कीस्थित सडक खण्डबाट एम्पुलसहित आज उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शंकास्पद रुपमा पदैल हिंडिरहेका सोही ठाउँका ओजिर अन्सारीलाई प्रहरीले चेकजाँच गरेको थियो । सोही अवस्थामा उनको साथमा ३३ सय एम्पुल फेला परेको पर्साका डिएपी दिपक गिरीले जानकारी दिए ।
उनले झोलामा लुकाइछिपाइ ल्याइएको नुफिन ११ समय एम्पुल, डाइजोपम ११ सय एम्पुल र फेनारगन ११ सय एम्पुल बरामद गरिएको छ । पक्राउ परेका ३१ वर्षीय अन्सारीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको डिएपी गिरीले बताए ।