Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते 


    बिहिबार, भाद्र ३० २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । 

    घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल सुर्खेतमा भइरहेको छ । 

    आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार