काठमाडौं। साताको पहिलो काराेबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.४७ अंक घटेर १९२६ अंकमा झरेको छ । आज कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रहेको छ।
आज दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटेको छ । अन्य उपसमूह ४ अंक बढ्यो ।
आइतबार मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा आज हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकमले धेरै रकम कारोबार गरेका छन् ।