Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  १५ लाख नगद सहित दुुई जना पक्राउ


    आइतबार, भाद्र २६ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ  । सर्लाहीको मलंगवा नगरपालिका- ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जना युवा रहेका छन् । 

    उनीहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

    नेपालबाट भारततर्फ जाँदै गरेको बा।९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

    घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार