Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मदनकृष्ण श्रेष्ठको नयाँ गीत सार्वजनिक 


    शनिबार, भाद्र २५ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ एक पटक गायकको रुपमा दर्शकको माझ झुल्किएका छन् । यसपटक कलाकार श्रेष्ठले गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ का शब्द तथा कृति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध गीत ‘मायाँ रोपे मायाँ फल्छ’ गाएका हुन् ।

    यस संगीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ ।

    यो गीतको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्, जसमा कलाकार मदनकृष्ण श्रेष्ठले नै अभिनय गरेका छन् । उनलाई निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले समर्थन गरेका छन् ।

    उत्सव दाहालको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।

    यस गीतमा पारिवारिक कथा प्रस्तुत गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार