Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोलेन्द्रकी छोरीलाई लालिगुँरास सहकारीको २१ दिने अल्टिमेटम


    शुक्रबार, भाद्र २४ २०७९
    415
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललिलपुरको जावलाखेलस्थित लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सृष्टि राणा रावललाई कर्जा चुक्ता गर्नका लागि २१ दिने अल्टिमेटम दिएको छ। 

    सहकारीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो । जबराकी छोरी सृष्टि राणा रावल पूर्व गभर्नर तिलक रावलकी बुहारी हुन् ।

    उक्त सहकारीले तोकिएको समयमा लिएको कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुरसमेत चुक्ता नगरे कानुनी अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहितको विवरण खुलाई फेरि ३५ दिने सूचना प्रकाशित गरिने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार