Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायिका आँचल शर्मालाई सामाजिक सुधार ऐन लागू हुन्छ ?


    बिहिबार, चैत्र ६ २०७६
    665
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । नायिका आँचल शर्माले विवाहमा १६ लाख रुपैयाँको लेहंगा र ६० लाख रुपैयाँको गहना लगाएको बिषय अहिले चर्चामा छ । कतिपयले यसलाई भड्किलो भएको भनी आलोचना गरेका छन् भने कतिले सामथ्र्य हुनेले लगाउँदा के को आपत्ति भन्ने आसयका विचार सामाजिक संजालमा पोष्ट गरेका छन् । आँचल शर्माले लगाएको भनिएको लेहँगाको १६ लाखको मूल्य पर्ने नपर्ने आधिकारिक जानकारी त दिइएको छैन । यद्यपि १६ लाखको लेहँगा र ६० लाखको गहनाको बिषय सामाजिक संजालमा बहसको बिषय बनेको छ । शर्माले उदिप श्रेष्ठसँग २०७६ फागुन १३ मा विवाह गरेकी हुन् भने पार्टी चैत गते आयोजना गरेकी थिइन् । 

    नायिका आँचलले लगाएको लेहँगा र गहनाको मूल्यको बिषयमा सामाजिक संजालमा पक्षबिपक्षमा भइरहेको बहस अझै पनि सेलाइसकेको छैन । यसरी सामथ्र्य हुनेले खर्च गर्न पाउने गरी छुट दिंदा समाजमा त्यसको असर राम्रो नपर्ने भएरै सरकारले सामाजिक सुधार ऐन बनाएको छ । सामाजिक ब्यवहार(सुधार) ऐन २०३३ मा विवाहदेखि हरेक समारोहको खर्चको सीमा तोकिएको छ । र, दाइजो आदि प्रदर्शन गर्न नहुने प्रावधान छ । यद्यपि यो ऐनले तोके अनुसार विवाहदेखि कुनै पनि कार्यक्रम हुने गरेका छैनन् । यो ऐन विपरीत भए पनि अहिलेसम्म कारबाही भएको छैन । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा पार्टी प्यालेसमा कार्यक्रम गर्न नपाउने भनेर चर्चा बटुल्न खोजे पनि सामाजिक सुधार ऐनबिपरीत विवाह वा कुनै पनि कार्यक्रम गर्नेहरुबिरुद्ध कारबाही भएको छैन । सामाजिक सुधार ऐन लागू्र छ, तर कार्यान्वयन हुन सकेको छैन । 

    \

    आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले केही दिनअघि सम्पन्न गरेको छोरीको विवाहमा २२ करोड खर्च गरेको ब्यापारीक जगतमा चर्चाको बिषय बन्ने गरेको छ । उनले ज्वाईलाई २ करोडको टोयटा फच्र्यून गाडी नै दाइजो नै दिएका थिए । ढकालको छोरीको विवाहामा यो देशका उच्चपदस्थ अधिकराीदेखि देशका शासक र नीति निर्माता सबै उपस्थित थिए ।

    नायिाका आँचल मात्र होइन, सामाजिक सुधार ऐन पालना गराउनेबाटै उल्लंघन हुँदैआएको छ । 

    सामाजिक सुधार ऐनको दफा ११ को १ मा दाइजो प्रदर्शन गर्न नहुने उल्लेख छ–‘सामाजिक व्यवहार सम्बन्धमा लैजाने वा पठाउने दाइजो लगायत कुनै पनि व्यवहार वा उपहार भड्किलो रुपमा प्रदर्शन गरी लैजान वा पठाउन हुँदैन । ऐन उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।’ यो दफा अनुसार नायिका आँचल शर्माको ब्यवहार भड्किलो मान्ने आधार छन् । 
    त्यस्तै, दफा ४ मा दुलही पक्षले लिन नहुने कुराहरुको बारेमा पनि उल्लेख छ । दफा ४ को १ मा छोरीबेटीको विवाह गरी दिंदा सो बापत दुलही पक्षले आफनो लागि कुनै नगदी जिन्सी लिन हुँदैन । २ मा विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगद–जिन्सी वा जेथा दिनुपर्छ भनी कर लगाउन हुँदैन ।

    ३ मा उपदफा उपदफा २ उलंघन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । दिनेलाई त्यसको आधासम्म सजाय हुनेछ । सामाजिक सुधार ऐनको उल्लंघनको मुद्दा सरकारवादी हुनेछ भनिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार