Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन जना मृत अवस्थामा फेला  


    बुधबार, भाद्र २२ २०७९
    465
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बैतडी, झापा र कास्कीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

    बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

    पुरचौडी नगरपालिका–५ पुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिइन् । खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।  

    त्यस्तै, झापाको मेचीनगर नगरपालिका–१ जिमी गाउँ बस्ने ५० वर्षीय भिम बहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    कास्कीको पोखरा महानगरपालिका–१७ महत गौडा स्थित फुस्रे खोलाको बीच भागमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार