Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललित मोदी र सुस्मिता सेनको प्रेमसम्बन्ध छुटेकै हो त ?


    मंगलबार, भाद्र २१ २०७९
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आईपीएल पूर्वअध्यक्ष ललित मोदीले बलिउड अभिनेत्री सुस्मिता सेनसँगको प्रेमसम्बन्धबारे गत महिना सार्वजनिक गरेका थिए । यो सार्वजनिक सँगै सामाजिक संजालमा ठुलै धक्का पुगेको थियो ।

    तर, मोदीले अहिले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि परिवर्तन गरेका छन्  ।

    lalit-modi.jpg
    undefined

    उनको बायोग्राफीमा यतिबेला आईपीएल संस्थापक र मुन मात्र लेखिएको छ । यो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यी दुईबीच ब्रेकअप भएको आकल  गरेका छन्। यद्यपि सुस्मिता र ललितले यसबारे आधिकारिक रुपमा केही जानकारी गरेका छैनन् ।

    ललितले गत महिना प्रोफाइल तस्वीर बदलेका थिए र त्यस फोटोमा उनीसँग सुस्मिता पनि देखिएकी थिइन् । लगत्तै ललितले इन्स्टाग्राम बायोमा लेखेका थिए, ‘अन्ततः नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम ‘माइ लभ सुस्मिता सेनसँग ।’ मोदीले यससँगै सुस्मिताको इन्स्टा एकाउन्टलाई पनि ट्याग गरेका थिए ।

    सुस्मिता र ललितको प्रेम टुट्नुको मुख्य कारण सुस्मिताका पूर्वप्रेमी रोहमन शल रहेको बताइएको छ । दुवैलाई ब्रेकअपपछि पनि सँगै स्पट गरिएको जनाइएको छ । हालै रोहमनलाई सुस्मिताको बर्थडे पार्टीमा पनि देखिएको थियो ।

    सुस्मिता र रोहमन अढाइ वर्षसम्म प्रेमसम्बन्धमा थिए, तर गत वर्ष मात्र उनीहरुबीच ब्रेकअप भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार