Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसमः अधिकांश स्थानमा पानी पर्ने


    सोमबार, भाद्र २० २०७९
    635
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज देशका अधिकांश स्थानमा पानी पर्ने अनुमान गरिएको छ ।  प्रदेश १, मधेश, बागमाती, गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षासमेत भैरहेको महाशाखाले जनाएको छ ।

    सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    आज राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार