Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा अरिङ्गालले टोकेर  ८ वर्षीय बालिकाको मृत्यु


    बिहिबार, भाद्र १६ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बझाङमा अरिङ्गालले टोकेर ८ वर्षीय एक बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको थलारा गाउँपालिका–८ का गणेश सुनारकी छोरी किस्मा सुनारको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो । 

    बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनेकी उनको उपचारका क्रममा मृत्यु भएको बताईएको छ। 

    बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार