काठमाडौँ । काठमाडौँ महानगरपालिका,२६ स्थित एउटा घरको भान्साकोठाबाट चोर घरभित्र पसेर लुटपाट गरेको छ । सो घरको तेश्रो तलामा रहेको किचेनको झ्यालबाट भित्र पसेर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नुवाकोट ककनी गाउँपालिका,२ घर भई हाल डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई लैनचौरबाट खटिएको प्रहरी अधिकृतसहितको अनुसन्धान टोली नियन्त्रणमा लिएको हो ।
महानगर १६ स्थित वुद्ध टोल मार्गमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नौं लाख ५२ हजार नौं सय ९० रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बुद्धिलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार ‘चोरी सम्बन्धी कसूर’ मा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको छ ।