Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्बको कारोबार


    बुधबार, भाद्र १५ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा कायम रहेको छ। 

    आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ ।

    नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    त्यस्तै, आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ भने आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार