काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लगातार वर्षा भईरहेका कारण लेदो पन्छाउन कठिन भएको छ ।
पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीका अनुसार सडक खुलाउने प्रयास भईरहेको छ ।