काठमाडौँ । आज देशभर पानी पर्ने सम्भावना रहेको छ । हाल गण्डकी, प्रदेश नम्बर १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने बताएको छ ।
राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नम्बर १, मधेश , गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू-भागमा भू-क्षय, पहिरोको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेको छ ।