Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  खाल्डाखुल्डी पुरेपछि सडक विस्तारमा मन्त्री नेम्वाङको अर्जुनदृष्टि


    बिहिबार, चैत्र ६ २०७६
    555
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ६ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकाको सडक विस्तारलाई तीब्रता दिएका छन् । उनले मन्त्रालय सम्हालेपछि धुवाँ र धुलो उड्ने सडक पीचको कार्य तीव्र गतिमा भइरहेको छ । 

    सडक पीच गर्ने कार्यलाई तीव्रता दिएका मन्त्री नेम्वाङको निर्देशनमा उपत्यकामा सडक विस्तारलाई पनि तीव्र पारिएको छ । उनले बर्षौदेखि विस्तार हुन नसकेका सडक विस्तार कार्य अगाडि बढाएका छन् । 
    मन्त्री नेम्वाङको निर्देशनमा उपत्यका सडक विस्तार आयोजना, उपत्यका विकास प्राधिकरण र सडक विभागले उपत्यकामा बर्षौदेखि विस्तार हुन नसकेको सडक विस्तारलाई तीव्रता दिइएको हो । बुधबार मात्र मुआब्जा लिएर घर नभत्काई सडक विस्तारमा अवरोध भएको जोरपाटी–साँखु सडक खण्डका घरहरुमा डोजर चलाइएको थियो ।

    त्यस्तै बिहीबार चर्चित पर्यटकीय स्थल गोदावारी जानेबाटो हरिसिद्धि गोदावारी सडक खण्डमा महानगरीय प्रहरी प्रभाग हरिसिद्धीको भौतिक संरचनामा समेत डोजर चलाएर कामको सुरुवात भएको भौतिक मन्त्री नेम्वाङका प्रेस संयोजक सन्दीप राईले जानकारी दिएका छन् ।

    सडक विस्तारको नेकपा नेता तथा ललितपुर ३ की सांसद फम्फा भूसाल तथा भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङको सचिवालयका सदस्यहरुले अनुगमन निरीक्षण गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार