Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नबिल बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै 


    सोमबार, भाद्र १३ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेका छन्। सेयरधनीले आफ्नो नामको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार