Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ


    सोमबार, भाद्र १३ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि नै यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन्। 
    छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले आज बिहान प्रदर्शन समेत गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कडा कारबाहीको माग गरेका हुन् ।

    काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्। उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।Rape.jpg160139193016286533251655615301.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार