Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  विमानस्थलबाट ५५० ग्राम  सुनसहित एक महिला पक्राउ


    सोमबार, भाद्र १३ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाबाट ल्याएको ५ सय ५० ग्राम सुनसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

    आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई प्रहरीले नियन्त्रण गरेको हो।

    दुबईबाट हिमालय एयरको उडानमार्फत काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। 

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार