Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हतकडी लगाएका व्यक्ति नदीमा हाम फाले 


    शुक्रबार, भाद्र १० २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । 

    फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

    उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार