Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरको मदिरा फ्याक्ट्रीमा नक्कली डबल ब्ल्याक भेटियो


    शुक्रबार, भाद्र १० २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको मदिरा फ्याक्ट्रीमा नक्कली डबल ब्ल्याक भेटिएको छ। उक्त मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

    काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको जानकारी छ। 

    भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । 

    ती नक्कली मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसमम्म पुग्ने गरेको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार