Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनलाई सिट बाँडफाँट गर्न अझै सकस 


    बिहिबार, भाद्र ९ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि आझै सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार बैठक बसेको थियो । तर बिहीबार बसेको गठबन्धन बैठकमा पनि सिट फाँडफाँट गर्न झनै मुश्किल देखिएको छ। 

    सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति नजुटाई विनानिष्कर्ष नै बैठक सकिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार