काठमाडौँ। आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ ।
यस्तै, बुधबार तेजाबी सुन ९४ हजार ८०० मा किनबेच भएको छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ ।