Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु


    बुधबार, भाद्र ८ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

    खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

    FB_IMG_1661308403497.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार