Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते 


    बुधबार, भाद्र ८ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसुरीमा भ्यान र स्कुटर आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। जिल्लाको रामधुनि नगरपालिका–२ मा हिजो बेलुकी म्याजिक भ्यान र स्कुटर ठोकिएको हो । 

    घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडी सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् । 

    घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । 

    को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । 

    दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार