Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चको फैसलाः कर्मचारी भर्नाको बाटो खुल्यो


    बुधबार, भाद्र ८ २०७९
    495
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतले ९८ निवेदनको एकैपटक सुनुवाइ गर्दै केही वर्षदेखि रहेको कर्मचारी समायोजन विवाद टुंग्याएको छ । सर्वोच्चको फैसलापछि कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । 

    कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले कर्मचारी समायोजन विवादसम्बन्धी ५६ वटा रिट खारेज गरेको छ । त्यस्तै, ३८ रिटमाथि परमादेश जारी भएको छ भने अर्को एउटामा निवेदकको हकमा मात्र परमादेश जारी भएको छ ।

    सुरजकुमार भनिने सुरज राय निवेदक रहेको तथा जनकपुर उपमहानगरपालिकाको कार्यालयसमेत विपक्षी रहेको मुद्दामा निवेदक मात्रको हकमा यस्तो परमादेश जारी भएको हो । अन्य तीनवटा रिटमा भने निवेदकको मागबमोजिम फैसला गरेको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार फैसलाको लिखित आदेश भने आइसकेको छैन । 

    यी मुद्दा १७ जेठमा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । त्यसपछि २९ असारदेखि सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदै फैसलाको मिति तोकिएको थियो ।

    यसअघि दुईपटक नियमित सुनुवाइ (निसु) तोकिए पनि विविध कारण देखाउँदै सर्वोच्चले मिति सारेको थियो । मंगलबार भने सबै रिट खारेज तथा परमादेश आदेश भएको हो । समायोजनको विवादका कारण केही वर्षदेखि कर्मचारी पदपूर्ति प्रभावित हुँदै आएको छ । यो समाचार नयाँ पत्रिकामा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार