काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तैम, २ हजार ७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।