Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको पहिलो जीत 


    सोमबार, भाद्र ६ २०७९
    470
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले  ४.१ गोलले जीत हात पारेको हो । 

    हिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

    बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनी पहिलो हाफ १(१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

    पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो । जीतसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार