Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई दिन अझै वर्षा हुने अनुमान, सतर्क रहन आग्रह 


    सोमबार, भाद्र ६ २०७९
    475
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयात अन्य प्रदेशमा आंशिक बदली रहेको बताएको छ । 

    आज गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    मंगलबार  प्रदेश १, मधेस, र बागमती प्रदेशमा हल्का पानी पर्न सक्ने महाशाखाले जानकारी दिएको छ । भोली देशका केही स्थानमा  मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार