Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  पाँच किलो गाँजासहित युवक पक्राउ


    आइतबार, भाद्र ५ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । धनकुटामा पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका– ९ का २० वर्षीय सनिल राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    मलघाट चौकीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा कालो रङको झोलाभित्र लुकाइ राखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार राईलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार