काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित भेटिएका हुन् ।
सोही अवधिमा थप ५७७ जना संक्रमित निको भएका छन् । । कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमित चार हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ ।