काठमाडौं । भदौ महिनाको तेस्रो दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य सस्तिएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य ९५ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य शुक्रवार प्रतितोला ९५ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १ हजार १८५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।