Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते 


    शुक्रबार, भाद्र ३ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको  ज्यान गएको छ भने आमा घाइते भएकी छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो हुन् । 

    प्रहरीका अनुसार करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी हुन्। करेन्ट लागेर तीनै जना घाइते भएका थिए । 

    चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति निधन भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार