काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने थप ५१ जना विद्यार्थीहरु कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङ अभियान अन्तरगत आज थप ५१ जना विद्याथीहरु कारबाहीमा परेका हुन् ।
जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने तीन जना र विविध कसुरमा २१ जना चालकहरू रहेका छन् ।
आज बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका १ सय ७ जना, एम्बुलेन्सका ४ जना र २ सय १६ जनासहित अन्य सवारी चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।
ट्राफिक प्रहरीका अनुसार मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय चालक पनि कारवाहीमा परेका हुन् ।