Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बञ्चरेडाँडामा झडप, फोहोर फाल्न अवरोध गर्ने पक्राउ


    बुधबार, भाद्र १ २०७९
    630
    Shares
  • १ मिनेट पाठ
  • फाइल फोटो 
     काठमाडौं । फोहोर फाल्ने बिषमा बिवाद हुँदा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच   झडप भएको छ ।  स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको हो ।

    फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।
    धुनवेशी नगरपालिका(१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।
    सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।

    फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार