काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले बताएको छ।