Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, अर्का चालक पक्राउ 


    मंगलबार, साउन ३१ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दमक नगरपालिका,४ चिया दोकानस्थित पुर्व पश्चिम राजमार्गामा ट्रकले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । 

    राजमार्गको पश्चिमतर्फ आउँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १-०४-००१प.२४५५ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । सोही अवस्थामा दमक घर भएका ६८ वर्षीय रामजुलुम नायक घाइते भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार घाइते नायकको नर्सिङ होम विराटनगरमा उपचारको क्रममा निधन भएको छ । उनको आज बिहान १० बजे मृत्यु भएको हो ।  

    ट्रक चालक अर्जुनधारा नगरपालिका ५ बस्ने ३८ वर्षीय मात्रिका दनुवारलाई आजै पक्राउ  गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार