Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने नघट्ने


    मंगलबार, साउन ३१ २०७९
    480
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतबाट  फेरि पेट्रोलियम पदार्थको मूल्य  घटेर आएको  छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आय ) ९५ डलरमा कारोबार भइरहेको छ। 

    गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २८ डलर कम भइसकेको छ।

     विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ।  तर नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ ।

    आज (मंगलबार) पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।

     १० अर्ब ऋण रहेको र  भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी २३ लाख रहेकोले अहिले पेट्रोलियम पदार्थको मूल्य नघटने   निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार