Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन एक सय बढी विद्यार्थी ट्राफिक कारबाहीमा


    सोमबार, साउन ३० २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन ट्राफिक नियम उल्लघंन गर्ने एक सय १८ जना विद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको कलेजका विद्यार्थीलक्षित विशेष चेकिङमा उनीहरु कारबाहीमा परेका हुन् । 

    सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थीलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    जसमा सवारी चालक अनुमति पत्र नभएका ६१, सवारी दर्ता किताब नभएका ३९ र तीन जना सवार ७, हेलमेट नलगाइ सवारी साधन चलाउने एक र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना विद्यार्थी  रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार